देउवा र मोदीको एकल भेटवार्ता सकियो, द्विपक्षीय बैठक सुरु

निरन्तर न्यूज
१९ चैत्र २०७८, शनिबार १२:४१

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ ।

भेटवार्तामा नेपाल-भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ ।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । बैठक सकिएपछि चार वटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*