मकवानपुरमा बन्याे सत्ता गठबन्धनकाे संयन्त्र

निरन्तर न्यूज
१८ चैत्र २०७८, शुक्रबार २०:१३

हेटाैँडा । आगामी बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा गठबन्धन हुने भएको छ ।

केन्द्रिय नीति अनुरुप सत्ता गठबन्धनको शुक्रबार काँग्रेस पार्टी कार्यालय हेटाैँडामा बसेको बैठकले आगामी स्थानिय निर्वाचनमा मकवानपुरमा गठबन्धन गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।

गठबन्धनका लागी बैठकले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा ५ दलिय संयन्त्र समेत निर्माण गरेको हाे । संयन्त्रको सदस्यमा नेकपा माओवादी केन्द्रका तर्फबाट सर्केश घलान, नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका तर्फबाट सोनाम सिं स्याङ्तान र जनमोर्चा नेपालकाे तर्फबाट नीर बहादुर सिन्तान रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

गठबन्धन दलको शनिबार पालिका स्तरीय संयन्त्र समेत निर्माण हुने संयाेजक लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

गठबन्धनकाे टुङ्गाे लाग्नु अघि घण्टाैँ छलफल गरिएकाे थियाे । संयन्त्रमा आवश्यकता अनुसार सदस्य थप गर्दै जाने लामाले बताए ।

पत्रकार सम्मेलनमा चार दलका जिल्लाका शिर्ष नेताहरुकाे सहभागिता रहेता पनि जनमाेर्चा नेपालका प्रतिनिधिकाे उपस्थित थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*