मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनबाट टाढिन सकिन : कमल थापा
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् ।
आज गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल,मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए ।
‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले तपाईहरुले मलाई धेरै माया गर्नु भएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटमा तपाईहरुले मलाई अपार स्नेह माया र स्दभाव दिनुभएको छ । अध्यक्ष थापाले भने,चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरुको माया मैले जीवनभर बिर्सिन सक्दिन । चाय त्यो २०४७ सालको राजनीतिक परिर्वतनको बेलामा होस् । चाय त्यो ६३ सालको राजनीतिक परिर्वतन पछि होस् । मकवानपुरका पार्टीका साथिहरु,सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त स्नेत,स्दभाव र सहयोगको निमित्त म सदैव आभारी छु ।’ उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए ।
मकवानपुर अध्यक्षमा सापकाेटा
राप्रपा नेपालको अध्यक्षमा गुरु प्रसाद सापकोटा चयन भएका छन् ।
आज हेटौंडामा भएको राप्रपा नेपाल,मकवानपुरको घोषणा सभामा बोल्दै वर्तमान अध्यक्ष अर्जुन ढुङ्गनाले जिल्लामा राप्रपालाई अघि बढाउन सापकोटाको नेतृव्व आवश्यक रहेको बताउँदै अध्यक्षमा सापकोटाको नाम घोषणा गरेका हुन् । सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईनेट र झण्डा हस्तान्त्रण गरेका थिए ।
यसअघि, सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष रहेका थिए । उनले केहिदिन अघि मात्रै राप्रपा भित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।