विद्यालयको विवरण पठाउन स्थानीय तहलाई केन्द्रको पत्र

निरन्तर न्यूज
१७ चैत्र २०७८, बिहीबार ११:५२

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले कार्यक्रम तथा बजेटका लागि विद्यालयकाे आधारभूत विवरण अद्यावधिक गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

शाखाले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण कार्य अन्तिम चरणमा रहेको र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा रहेको प्रविष्ट विवरणमा बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरुरी भएकाले संलग्न फाराममा उल्लेख भए अनुसारको विवरण तयार गरी उक्त विवरणलाई अनलाइनमा समिट गरिदिन अनुरोध गरेको छ ।

यसका लागि आवश्यक सहजीकरण गर्न गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पनि सो शाखाले अनुरोध गरेको छ ।

पत्र

media_file-1-1848481079

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*