१ करोड ७७ लाख ३३ हजार ७ सय २३ योग्य मतदाता : निर्वाचन आयोग

निरन्तर न्यूज
१५ चैत्र २०७८, मंगलवार ०९:३६

काठमाण्डाैँ ।  २०७९ साल वैशाख ३० गते हुन गैरहेकाे स्थानीय तह निर्वाचनमा याेग्य रहेका मतदाताकाे संख्या निर्वाचन आयाेगले सार्वजनिक गरेकाे छ ।

आयाेगका अनुसार एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले  मतदानमा भाग लिन पाउने भएका छन् । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको उक्त संख्याकाे नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।

जसअनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरू रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरु तोकिएको र उनीहरुको नामावली चैत्र १३ गतेको गोरखापत्रमा प्रकाशित गरिएको पनि बताए । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरुलाई निवेदन पेश गर्न १५ दिनकाे समय सिमा राखेर आह्वान पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*