प्रचण्डलाई पखाल्दा बागमती नै मैलो भयो भनेपछि ओलीलाई प्रचण्डले फर्काए कडा जवाफ

निरन्तर न्यूज
१४ चैत्र २०७८, सोमबार २१:४७

काठमाडौं । ओलीले प्रचण्डलाई पखाल्दा बागमती नै मैलो भएको भनेका थिए। ‘बागमती नै मैलियो, माओवादीलाई पखाल्दा पखाल्दा, साबुन लाउँदा लाउँदा घरमै ल्याएर पनि कोसिस गरियो। तर अन्तिममा बागमती मैलियो।’

गत पुस १५ गते पनि ओलीले सुदूरपश्चिमका कार्यकर्ताको भेलामा सम्बोधन गर्दै भनेका थिए- ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो प्रचण्ड जस्ताको त्यस्तै।’

सोमबार एक कार्यक्रममा प्रचण्डले ओलीलाई जस्ताको त्यस्तै जवाफ फर्काएका छन्। प्रचण्डले ओलीलाई धोएको तर खलनायक भएर निस्किएको बताए।

रोल्पामा आयोजित सभामा बोल्दै उनले भने- ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिएला कि भन्ठानेका थियौँ। जसलाई नायक बनाउन सकिन्छ कि भन्ठानेका थियौँ। तर तिनी मान्छे खलनायक निक्ले। ती विदेशी दलाल देखापरे। र हामीले संघर्ष गर्नुपर्ने अवस्था आयो।’

प्रचण्डले नेपालमा ४०/५० वर्षसम्म कम्युनिस्ट शासन रहला भनेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*