सिद्धार्थको ब्यवस्थापन समिति अध्यक्षमा घिमिरे चयन

निरन्तर न्यूज
१४ चैत्र २०७८, सोमबार २१:४१

हेटौंडा । हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बलराम घिमिरे चयन भएका छन् ।

आज भएको विद्यालयको ४४ औं अभिभावक भेलाले घिमिरेको अध्यक्षतामा समिति चयन गरेको हो ।

समितिको सदस्यहरुमा सरिता दाहाल, रामचन्द्र वतौंला, लक्ष्मी श्रेष्ठ र सदस्य सचिवमा मोहन प्रसाद शर्मा चयन भएका छन् । त्यसैगरी आज बसेको बैठकले पिताम्बर बास्तोला र ज्ञानु परियारलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।वडा प्रतिनिधिमा महेश्वरमान श्रेष्ठ चयन गरिएको छ ।

त्यसैगरी बैठकले भीम कुमार श्रेष्ठको अध्यक्षतामा पिटिए पनि मनोनयन गर्ने निर्णय गरेको छ । सदस्यहरुमा विष्णु प्रसाद न्यौपाने, रेखा रिजाल, गणेश प्रसाद हुमागाई, राजन घिमिरे चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*