विप्लव नेतृत्वको नेकपाको निर्णयः चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने !

निरन्तर न्यूज
१४ चैत्र २०७८, सोमबार २१:१३

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो । दल दर्ता गरेर चुनावमा सहभागी नहुने निर्णय गर्दै नेकपाले तर, प्रगतिशील शक्तिलाई समर्थन गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

निर्वाचन आयोगमा दर्ता नगर्ने तर देशभक्त, प्रगतिशील शक्तिलाई समर्थन गर्ने नीति पार्टीले लिने निर्णय गरिएको उनको भनाइ छ ।

बैठकमा महासचिव विप्लवले निर्वाचनमा सहभागी भएर उपयोग गर्नुपर्ने राजनीतिक प्रस्ताव पेस गरेका थिए तर धेरै केन्द्रीय नेता यसको विपक्षमा उभिएका थिए । उनले पेस गरेको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*