बाबुरामकाे जिल्ला गाेरखा जाँदै प्रचण्ड

निरन्तर न्यूज
१२ चैत्र २०७८, शनिबार ०९:१३

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गारेखा जाँदै छन् । बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।

स्थानीय चुनाव नजिकिएसँगै प्रचण्डको दौडधुप निकै बढेको छ । पार्टीको पक्षमा जनमत तयार गर्न उनले दौडधुप बढाएक हुन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*