१० वर्षसम्म सहमतिको सरकार चलाउनतर्फ लागौं : बाबुराम भट्टराई

निरन्तर न्यूज
११ चैत्र २०७८, शुक्रबार २२:१४

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।  काठमाडौंमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् ।

‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतिय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीवाट देशको मुहार फेर्न सकिन्’ भट्टराईले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*