जनयुद्धका शहीद सुवासकाे घरमा खाना खान पुगे प्रचण्ड

निरन्तर न्यूज
१० चैत्र २०७८, बिहीबार १३:१९

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनको भ्रमणमा छन्।

चितवन पुगेर उनले बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी नगरपालिका वडा नम्बर ९, राई डाँडामा निर्वाचन क्षेत्र विकास कोषबाट बनेको कुसुमखोला नमुना चेपाङ बस्ती (४१ घरपरिवार), माडीमै नवनिर्मित परवी खोला पुल तथा माडी २ मा कालोपत्रे सडकको उद्घाटन गरेका छन्।

स्थानीय तह निर्वाचन नजिकिएसँगै चितवन केन्द्रित उनले देशभर चार दलबीच चुनावी गठबन्धन हुने पनि बताएका छन्।

उनले चितवनमा कांग्रेसका केही कार्यकर्ताले भन्दैमा गठबन्धन नतोडिने पनि बताएका छन्। दाहालले चितवनमा पनि गठबन्धन मिलेरै चुनाव लड्ने बताए।

त्यसपछि उनी चितवनको दक्षिणमा अवस्थित माडी नगरपालिका-७ देवेन्द्रपुर टोल पुगेर जनयुद्धका मारिएका एकजना सहिद परिवारको घरमा खाना खाएका छन्।

उनी जनयुद्धका सहिद नीलकण्ठ सुवेदी ‘सुवास’को घरमा पुगेर बिहीबार बिहानको खाना खाएका हुन्।

उनले त्यसक्रममा नीलकण्ठका आमा–बुवासँग कुराकानी पनि गरेका छन्।

उनले त्यसक्रममा जनयुद्धका सहिदहरु विदुर र तिलक खाती लगायतका सहिद परिवारसँग बसेर खाना खाएको उनका स्वकीय सचिव रमेश मल्लले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*