मकवानपुर कांग्रेसले जिल्ला सदस्यमा १० जना गर्याे मनाेनित
हेटौंडा । नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिमा १० जना मनोनीत भएका छन् । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले पार्टीको विधानको धारा १२ (७) को ङ बमोजिम १० जनालाई जिल्ला सदस्यमा मनोनीत गरेका हुन् ।
जिल्ला सदस्यमा मनोनीत हुनेमा प्रभात कुमार दाहाल, रामबाबु बानियाँ, गोपीलाल बि.क, अर्जुनप्रसाद चौलागाई, राजु खतिवडा, अर्जुन तिवारी, अञ्जना उपाध्याय, मोमलाल दोङ, भुवनलाल श्रेष्ठ, नुरोज पौडेल रहेका छन्।
पार्टी सचिव भीमसेन महतले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै १० जनालाई जिल्ला सदस्यमा मनोनीत गरेको उल्लेख गरेका छन् ।