माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले पायाे पूर्णता

निरन्तर न्यूज
१० चैत्र २०७८, बिहीबार ०९:१६

पाेखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले चार महिनापछि पूर्णता पाएको छ। सहमतिका लागि भन्दै लामो समयसम्म गरिएको प्रयास असफल भएपछि बुधबार निर्वाचनमार्फत प्रदेश कमिटीलाई पूर्णता दिइएको हो।

अध्यक्षबाहेक अन्य पदमा निर्वाचन भएको हो। अध्यक्षमा भने यसअघि नै गायत्री गुरूङ सर्वसम्मत भएकी थिइन्। गत मंसिर २७ गते गुरुङको अध्यक्षतामा २०१ सदस्यीय प्रदेश कमिटी बने पनि पदाधिकारी चयन हुन सकेको थिएन।

गण्डकी प्रदेश कमिटी उपाध्यक्षमा पर्वतका गुणाखर बस्याल, नवलपुरका मित्रशरण शर्मा र बागलुङका ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन्।

त्यसैगरी, सचिवमा गोरखाका जगन्नाथ खनाल तथा सहसचिवमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने, लमजुङका मेखबहादुर भण्डारी, म्याग्दीका टेकबहादुर विक निर्वाचित भएको निर्वाचन समिमितले जनाएको छ।

त्यसैगरी प्रदेश कमिटी कोषाध्यक्षमा स्याङ्जाकी तारा भुषाल निर्वाचित भइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*