एमाले प्रदेश कमिटि सदस्यसहितका नेताहरु काँग्रेस प्रवेश
धुलिखेल । एमालेको बागमती प्रदेश कमिटीसहित जिल्लाका प्रभावशाली नेताहरू नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्वारा धुलिखेलमा बुधबार आयोजित कार्यक्रममा प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका एमालेका नेता कार्यकर्ताहरूलाई डा.महतले पार्टीको सदस्यता वितरण गगरेका छन् ।
डा.महतले देशको विकास र जनताको सुख, समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न नवप्रवेशीहरूले लिएको निर्णय सही भएको बताए ।
उनले कांग्रेसको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गरेका राजनीतिकर्मीलाई स्वागत गरेका छन् ।
एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाइँसहित पूर्वगाविस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिकाका सदस्य उपेन्द्र हुमागाइँ, एमालेका नेता माधबमणि हुमागाइँ, जिल्ला सदस्य मुरारी हुमागाइँ, एमाले नगरपालिकाका सदस्य पुरुषोत्तम बस्नेत, नगर एमालेका नगर सदस्य यादब गौतम, धनञ्जय हुमागाइँ, अर्जुनबहादुर भुजेल, रामकृष्ण भुजेल लगायत सयौंको संख्यामा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका हुमागाइँ तत्कालीन जिल्ला विकास समितिका सदस्य तथा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष रहिसकेका छन् ।
तीन दशक लामोसमयदेखि एमालेको राजनीतिमा सक्रिय हुमागाइँँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहेका थिए ।
स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेकोले धुलिखेलसहित समग्र काभ्रेपलाञ्चालक जिल्लामा कांग्रेसलाई फाइदा हुन पुगेको छ ।
केही दिनअघि मात्रै धुलिखेल नगरपालिका–८ का वडाध्यक्ष निराजन जंगमले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
यसले धुलिखेल नगरपालिकाको आउँदो चुनावमा नेपाली कांग्रेसलाई बलियो बनाउन मद्दत पु¥याएको छ ।
एमालेको जिल्ला अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठको जनाधार कमजोर बनाएको छ ।
एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेपलाञ्चोकमा कांग्रेसले आफ्नो पकड बढाउँदै लगेको छ । ७० करोड कमिशनको अभिडयो बाहिरिएपछि बास्कोटाले मन्त्री पद गुमाएका थिए ।
गृहजिल्लाका राम्रा नेताहरूले एमाले छाडेर कांग्रेस प्रवेश गरेपछि बास्कोटासहितका नेताहरूलाई तनाब भएको छ ।