नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ नियुक्त
काठमाडाैं । नेपाली कांग्रेसले भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा क्रमशः दुजाङ शेर्पा र विद्वान गुरुङलाई नियुक्त गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णयअनुसार रिक्त रहेको दुई वटै भ्रातृ संस्थामा केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गरेका हुन् ।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।