समाजवादीको निर्वाचन परिचालन कमिटी गठन
हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पार्टीको हेटौंडामा बसेको सचिवालय बैठकले नेकपा (एस) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान सञ्चालनका लागि सहजकर्ताहरु पनि तोकेको छ ।
हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष श्रीधर पोखरेल, थाहा नगरपालिकामा पोलिटब्युरो सदस्य ललित बस्नेत, मनहरी गाउापालिकामा केन्द्रीय सदस्य राजाराम स्याङ्तान र प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, भीमफेदी गाउँपालिकामा केन्द्रीय सदस्यद्वय मुनु सिग्देल र सूर्यचन्द्र न्यौपाने, राक्सिराङ गाउँपालिकामा कल्याण विक्रम घलान, वाग्मती गाउँपालिकामा प्रदेश कमिटी सदस्य यादव गजुरेल, बकैया गाउँपालिकामा पार्टी सचिव विष्णु दाहाल, इन्द्रसरोवर गाउँपालिकामा केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपाने र निर्वाचन आयोग सदस्य रामचन्द्र बल, कैलाश गाउँपालिकामा प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङलाई सहजकर्ता चयनसँगै सबै पालिकामा चैत १५ भित्र बैठक बसेर अभियानलाई सक्रिय बनाइने निर्णय भएको नेकपा (एस) मकवानपुरका प्रचार विभाग प्रमुख रामकुमार एलनले बताए ।