मन्त्री आलेले केपी ओलीलाई दुर्योधनसँग गरे तुलना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाभारतको दुर्याेधन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घमण्डमा कुनै फरक नभएको बताएका छन् ।
गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले केपी ओलीको घमण्डको जवाफ आगामी वैशाख ३० गतेको चुनावमा जनताले दिने बताए ।
ओलीकै अहंकारका कारण एमालेले संघीय सरकार र प्रदेश सरकार गुमाउनु परेको मन्त्री आलेले भनाइ छ । आगामी स्थानीय चुनावमा ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्ड र दुर्याेधनको घमण्डमा कुनै फरक नभएको र यसको जवाफ जनताले वैशाख ३० गते दिने मन्त्री आलेले बताए ।
उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबीसमेत गरे ।