युक्रेन-रूस युद्धबारे बाइडेन र म्याक्रोनबीच छलफल

निरन्तर न्यूज
१ चैत्र २०७८, मंगलवार ०७:५७

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रूस युद्धबारे छलफल गरेका छन् ।

दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रूसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ-आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिने बताएका छन् ।

राष्ट्रपति बाइडेनले आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग रूसको युद्ध फेरि छलफल गरेकाे ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रूअरी २४ मा रूसले युक्रेनविरूद्ध विशेष सैन्य कारबाही सुरू गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*