एमाले जिल्ला सदस्य तामाङसहितका नेताहरु माओवादी केन्द्र प्रवेश

निरन्तर न्यूज
२९ फाल्गुन २०७८, आईतवार ११:४६

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार उनीहरूलाई आईतबार बिहान प्रचण्डले खुमलटारमा कार्यक्रम गरी पार्टीमा भित्र्याएका हुन्।

यस्तै माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयरसहित झन्डै ५ हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले मोरङले गरेको तराई मधेस केन्द्रित बृहत् जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका छन् ।

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ५ हजार जना पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।

यता नेकपा (एमाले) ले बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ। उनले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको एमालेले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*