धनुषा कांग्रेसमा निधि प्यानलका याेगेन्द्र विजयी

निरन्तर न्यूज
२८ फाल्गुन २०७८, शनिबार ०७:५६

काठमाडौं । नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् । सभापतिमा विजयी पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पनि हुन् ।

सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानबाट बिमलेन्द्र निधि प्यानलका पजियार डा.शेखर कोइराला समूहको समर्थनमा भारी मतसहित विजयी भएका हुन ।

संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवले पजियारकाे तुलनामा निकै कम मत ल्याए । सभापतिमा पजियारले १७ सय ३५ मत र यादवले एक हजार ४६ मत ल्याएका थिए ।

पहिलो चरणको निर्वाचनमा डा.कोइराला पक्षका दिनेश पर्सैला तेस्रो मत ल्याएर प्रतिस्पर्धाबाट बाहिरिएका थिए । मधेस प्रदेशको अधिवेशनकै बेला निधि र कोइराला समूह एक भएको थियो । त्यसको प्रभाव अहिले मधेस प्रदेशका जिल्लामा पनि देखिन थालेको छ । निधि र कोइराला समूहमध्ये जुन जिल्लामा जसको बलियो छ अर्काे समूहले समर्थन गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*