एमाले मकवानपुर जिल्ला कमिटिमा २८ जना मनोनित
हेटौंडा । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बैठक बसेको छ । बैठकले सचिवालय समेत बनाएको छ । सचिवालयमा रहने र जिल्ला कमिटीमा रहनेहरुलाई जिम्मेवारी बाँडफाँड गरेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । जिल्ला अधिवेशनपछी लामो समयदेखि काम गर्दै आएका नेताहरुलाई बिभीन्न बिभाग र जनवर्गिय संगठनको इन्चार्जको जिम्मेवारी दिएर काम गर्न लगाइएको छ ।
नजिकीदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गरेर जिम्मेवारी दिने र कामको बाँडफाँड गरिएको हो । बैशाख ३० गतेको स्थानीय तहको चुनाबमा एमालेलाई मकवानपुरका दश वटै स्थानीय तहमा जिताउने मनसायका साथ सबैखालका जिम्मेवारी दिएर काममा लगाइएको हो ।
बैठकले २८ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रौढ, युवा, खेलाडी, विद्यार्थी, महिला, जनजाति, जनवर्गीय संगठनलगायत विभिन्न क्षेत्रबाट समेट्ने गरी जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको जानकारी दिनुभयो ।
जिल्ला कमिटी सदस्यमा सन्तोष चौलागाई, धरमबहादुर लामा, सुधीर थापा, सुवोध रिमाल, विष्णु चौलागाई, राजन दंगाल, शुभराज थिङ, जगन्नाथ पाण्डे, ईश्वर मैनाली मनोनित हुनुभएको छ । यस्तै शिवहरी दाहाल, सन्तोष पौडेल, सुरेन्द्र विष्ट, नरेन्द्र लाल रिजाल, शालिकराम ढकाल, बखतलाल चेपाङ, रामचन्द्र न्यौपाने, विष्णु ढकाल, कुमारबहादुर केसी, विमला बर्तौला, सरिता परियार लगायत मनोनित भएको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बुधबार बसेको बैठकले १३० जनालाई सल्लाहकार चयन गरेको छ ।
७० वर्षभन्दा बढी उमेरका पार्टीका नेताहरुलाई सम्मान गर्ने गरी ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको कार्यक्षेत्र विभाजन गरिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
बैठकले विभिन्न २२ वटा जनबर्गिय संगठन, क्षेत्रीय, नगर र वडा कमिटीहरुमा इन्चार्ज र सह इन्चार्जहरुको जिम्मेवारी वाडफाड गर्दै जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको कार्यक्षेत्र विभाजन गरिएको छ । बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, रघुनाथ खुलाल, बलराम बल भोजराज ढकाल लगायतको उपस्थित रहेको थियो ।