प्रतिनिधिसभा बैठक आइतबार बस्ने
निरन्तर न्यूज
१८ फाल्गुन २०७८, बुधबार १५:१९
काठमाडौ । प्रतिनिधिसभाको अर्काे बैठक फागुन २२ (आइतबार) गते बस्ने भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले फागुण २२ गते पुनःप्रतिनिधि सभाको बैठक बस्ने जानकारी दिँदै आजको प्रतिनिधिसभा बैठक सकिएको जानकारी दिए ।