बिप्लब र नारायणकाजिबीच भेटबार्ता
निरन्तर न्यूज
१८ फाल्गुन २०७८, बुधबार ११:२८
सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच अहिले भेटवार्ता भएको छ।
सभाबाट अमेरिकी सहायता सम्झाैता अनुमाेदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्। यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भनेका थिए।
हात्तीवन स्थित श्रेष्ठ निवासमा विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेकाे स्रोतले जनाएको छ।