पदाधिकारीमा लामिछाने समूहका उम्मेदवारहरु बिजयी

लामा समुहबाट बजगाई बने सह-सचिव
निरन्तर न्यूज
१८ फाल्गुन २०७८, बुधबार ०६:४९

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरमा नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा अधिकांस पदाधिकारी सभापतिका प्रत्यासी जयराम लामिछाने समूहका उम्मेदवारहरु विजयी भएका छन् ।

पदाधिकारीको मतगणना अनुसार उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् ।

यस्तैगरी सचिवमा पनि लामिछाने समूहका भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । तसैगरी सहसचिव पदमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई निशान विजयी भएका छन् । बिजयी भएका कठायत, लामिछाने, महत, पाठक र न्यौपाने जयराम समूहका हुन् भने बजगाई बुद्ध लामा समुहका हुन् ।

यसरी हेर्दा  जिल्ला समितीका ८ जना पदाधिकारीमा सभापति बुद्ध लामा पक्षका ३ जना र जयराम लामिछाने पक्षका ५ जना हुने देखिन्छ । यता आनन्दराम पराजुली पक्षबाट भने कसैले पनि पदाधिकारीमा बिजयी हासिल गर्न नसक्दा कोषाध्यक्ष पराजुली पक्षलाई दिन सक्ने आँकलन गरिएको छ ।

पदाधिकारीको मतगणना सकिएपछि जिल्ला सदस्यहरुको मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*