कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा निर्वाचित (पत्रसहित)
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सभापतिको पदम बुद्ध लामा निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम अनुसार कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुन दोस्रो चरणको निर्वाचन हुने भनिएता पनि नेताहरुको छलफल पश्चात् सहमतिमा लामालाई निर्वाचित गरिएको हो । जिल्ला निर्वाचन कार्यालयले लामा निर्वाचित भएको आधिकारिक घोषणा गरेको छ ।
आज काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा केन्द्रिय सह-महामन्त्री महालक्ष्मी उपाध्यक्ष डिना र बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँको उपस्थितिमा निकटतम प्रतिद्वन्द्वी आनन्दराम पराजुलीसमेतको सहमतिमा लामालाई सभापतिमा निर्वाचित गराईएको छलफलमा सहभागी एक नेताले बताए ।
पहिलो चरणको मतदानमा पहिलो स्थानमा बुद्ध लामा ५९२,आनन्द पराजुली ५४५ र जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका थिए ।
यतिबेला कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।
खसेको मत १ हजार ७ सय ७५ मा कुनै पनि उम्मेदवारले ५१ प्रतिशात मत प्राप्त गर्न नसकेको ले नेपाली काँग्रेसको बिधानअनुसार अब दोस्रो चरणको निर्वाचन हुनेछ । दोश्रो चरणमा बुद्ध लामा र निकटतम प्रतिद्वन्द्वीआनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुनेछ । जकुल १०७ मत बदर भएको निर्वाचन कार्यालले जनाएको छ । दोस्रो चरणको निर्वाचन आज हुने बताईएको छ ।