रुस र युक्रेनबीचको पहिलो वार्ता सम्पन्न, के-के भयो ?

निरन्तर न्यूज
१७ फाल्गुन २०७८, मंगलवार ११:२७

बेलारुस । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ ।

युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ । यद्यपि, थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको बताइएको छ ।

वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ । दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् ।

तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उद्देश्यसहित दुई पक्षबीच वार्ता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*