एमसीसीबारे प्रष्ट पार्न माधव नेपालको पत्रकार सम्मेलन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।
संसदबाट अनुमोदन भएको एमसीसीको सुरुमा विरोध र पछि समर्थन गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार पत्रकर सम्मेलन गरेका थिए । नेकपा एकिकृत समाजवादीले पनि एमसीसीको विरोध गरेर पछि समर्थन गरेको थियो ।
दोहोरो चरित्र भन्दै पार्टीमाथि प्रश्न उठेपछि त्यसबारे जवाफ दिन नेपालले पत्रकार सम्मेलन आयोजन गर्न लागेको निकट स्रोतले बताएको छ । दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ ।