मकवानपुर काँग्रेस सभापतिका लागि बुद्ध र आनन्दको भिडन्त, दोश्रो चरणको मतदान आजै हुने

निरन्तर न्यूज
१७ फाल्गुन २०७८, मंगलवार ०९:३५

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आज सम्पन्न मतगणनामा सभापतिमा सबै भन्दा धेरै मत प्राप्त गरेका बुद्ध लामा र निकटतम प्रतिद्वन्दी आनन्दराम पराजुलीबीच दोस्रो चरणमा भिडन्त हुने भएको छ ।

पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवार रहेको र तीनै जनाको मत ५० प्रतिशत नकट्दा फेरी मतदान हुने भएको हो । पहिलो चरणको मतदानमा लामाले सबै भन्दा बढी ५९५ मत प्राप्त गरेका थिए । त्यस्तै पराजुलीले दोस्रो रहदै ५४५ मत प्राप्त गर्नु भएको छ अर्का उम्मेदवार जयराम लामिछानेले ५३१ मत प्राप्त गर्दै प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

दोश्रो चरणको मतदानआज दिउँसो हुने बताइएको छ ।

जिल्ला सभापतिसहित कुल ४८ पदको लागि भएको निर्वाचनमा कुल १ हजार ८ सय ५३ मतदाता थिए । निर्वाचनमा १ हजार ७ सय ७५ मत खसेको थियो । जसमध्ये १ सय ७ मत बदर भएको थियो । अन्य पदको मतगणना सभापतिको निर्वाचन प्रक्रिया सम्पन्न भए पश्चात् गरिने  निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*