एमसीसी पास नगर्दा संविधान खतरामा पर्ने : प्रचण्ड

निरन्तर न्यूज
१६ फाल्गुन २०७८, सोमबार २०:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अमेरिकी सहयोग परियोजना एमसीसी हुबहु पारित नगर्न व्याख्यात्मक टिप्पणीको मार्ग प्रस्ताव गरेको बताएका छन् ।

एमसीसीका बारेमा स्पष्टीकरण दिँदै अध्यक्ष दाहालले यस विषयलाई ठीक ढंगले ह्यान्डल गर्न नसक्दा शान्ति प्रक्रिया खतरामा पर्ने र संविधान नै डिरेल हुने खतरा देखेको दाबी गरे ।

‘एमसीसीबिरूद्ध आएका घटनाक्रमले शान्तिप्रक्रिया नै खतरामा पर्ने र संविधान नै डिरेल हुने खतरा देखेँ मैले,’ उनले भने ।

सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष दाहालले एमसीसीमा राष्ट्रिय सहमति बनाेस् भन्ने आफ्नो चाहना रहेको र सबै मिलेर जाउँ भन्ने मनसायले एमसीसी मुख्यालयलाई पत्र पठाएको दाबी गरे ।

‘मेरो त्यो आशयलाई भल्गराइज गरियो,’ उनले सोमबार अन्तर्क्रियाका क्रममा भने । एमसीसीका बारेमा स्पष्टीकरण दिँदै अध्यक्ष दाहालले यस विषयलाई ठीक ढंगले ह्यान्डल गर्न नसक्दा शान्ति प्रक्रिया खतरामा पर्ने र संविधान नै डिरेल हुने खतरा देखेको दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*