आज हुने काँग्रेस मकवानपुरकाे निर्वाचनमा ४८ सदस्य निर्वाचित हुने
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ९ बजेबाट मतदान प्रक्रिया शुरु हुनेछ ।
कांग्रेस मकवानपुरको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट दुइ जना आनन्दराम पराजुली र बुद्ध लामाले उमेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै संस्थापन बाहेकबाट जयराम लामिछानेले सभापतिमा उमेदवारी दर्ता गराउनु भएको छ । दुवै पक्षले आफ्ना प्यानलसहित उमेदवारी दर्ता गराएका छन् ।
कुल ४८ पदकाे लागि आज हुने निर्वाचन ताेकिएकाे समयमा हुने सहायक जिल्ला निर्वाचन अधिकृत रामकुमार अधिकारीले बताएका छन् । भूगाेलतर्फ पालिकाबाट ११ महिला र १३ खुल्लागरि कुल २४ जना निर्वाचित हुनेछन् । ७ पदाधिकारी तथा समावेशीबाट अन्यबाट गरि ४८ जना निर्वाचित हुनेछन् । मतदान ४ बजेसम्म हुनेछ ।
काे काे कसकाे प्यानलमा
आ-आफ्नाे सम्पर्क कार्यालयबाट र्यालीसहित मनोनयन दर्ता गर्न हेटौडा उपमहानगरपालिका-२ मा अवस्थित जिल्ला पार्टी कार्यालय पुगेका सभापति पदका तीन जना उम्मेदवारहरु आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेले प्यानल सहित उम्मेदवारी दर्ता गराएका थिए । पराजुलीको प्रस्तावकमा दिनेश उपाध्याय र समर्थकमा निलम बजगाई देवकोटा रहनुभएको छ । पराजुलीको प्यालनबाट जिल्ला उपसभापतिमा भीम लामा र रमेश गिरी रहनुभएको छ । यस्तै सचिवमा मान बहादुर पाटा मगर र यतिराज सापकोटा रहनुभएको छ ।
लामिछानेको प्रस्तावकमा देव कुमार श्रेष्ठ र समर्थकमा इश्वर नाथ पौडेल रहनुभएको छ । लामिछानेको प्यानलबाट जिल्ला उपसभापतिमा धर्मराज लामिछाने र आनन्द कठायत रहनुभएको छ । यस्तै सचिवमा इश्वर कुमार पाठक र भीमसेन महत रहनुभएको छ ।
लामाको प्रस्तावकमा प्रभात दाहाल र समर्थकमा राम बाबु बानियाँ रहनुभएको छ । लामाको प्यालनबाट जिल्ला उपसभापतिमा गोपीलाल विश्वकर्मा र रामबाबु बानियाँ रहनुभएको छ । यस्तै सचिवमा अर्जुन प्रसाद चौलागाई र प्रदिप कोइराला रहनुभएको छ ।
निर्वाचन हुने पद
आज हुने नेपाली काँग्रेस मकवानपुरकाे मतदानमा करिब १ हजार ९ सय भन्दा बढि मतदाता रहेकाे छन् । काँग्रेसकाे बिधान अनुसार मकवानपुरमा रहेका ८ वटा गाउँपालिकाबाट १ जना महिला एक जना खुल्ला गरि १६ जना जिल्ला सदस्य निर्वाचित हुने छन् । हेटाैँडा उपमहानगरपालिकाबाट खुल्ला ३ जना र महिला २ गरि ५ जना निर्वाचित हुनेछन् । थाहा नगरपालिकाबाट २ जना खुल्ला र एक जना महिला सदस्य निर्वाचित हुनेछन् । क्लस्टरबाट दलित १ खुल्ला, खस आर्य तर्फ खुल्ला २ जना र महिला २ जना निर्वाचित हुनेछन् । त्यस्तै आदिवासीतर्फ महिला ५ जना र खुल्ला ६ जना र अल्पसंख्यक अपांगताभएका तर्फबाट १ जना खुल्ला सदस्य निर्वाचित हुने निर्वाचन कार्यालयले जनाएकाे छ ।
पदाधिकारी
काँग्रेसकाे विधान अनुसार सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सह-सचिव २ जना निर्वाचित हुनेछन् । काेषाध्यक्षकाे हकमा निर्वाचित भएका जिल्ला सदस्य मध्येबाट एक जनालाई मनाेनित गरिनेछ । ८ सदस्यीय पदाधिकारी मध्य ७ जना निर्वाचित र एक जना काेषाध्यक्ष मनाेनित (निर्वाचित जिल्ला सदस्यबाट) हुनेछन् । पदाधिकारीमा दाबी गरेकालाई प्रभावशाली युवाहरुलाई तीन जनाकै टिमले काेषाध्यक्ष बनाउने आश्वासनसिहत सदस्यमा उम्मेदवार बनाएका छन् ।
कसलाई कसकाे साथ
संस्थापन पक्षबाट २ जना उम्मेदवार बनेपछि बागमती प्रदेशका सभापति इन्द्रबहादुर बाानीयाँ र केन्द्रिय सह-महामनत्री महालक्ष्मी उपाध्याय (डिना)ले आ-आफ्नै उम्मेदवारकाे पक्षमा उभिएका छन् । लामालाई बाँनीयाकाे साथ रहेकाे छ भने पराजुलीलाई डिनाकाे साथ रहेकाे छ । यद्यपी मतदाता सामुन्ने खुलेर मत मागेकाे देखिन्न । आउँदाे स्थानीय निर्वाचनलाई असर पर्ने भन्दै बाँनीया र डिनाले जिल्ला सभापति आफ्नाे पक्षका जिताउन कुटनीतिक पहल गरिरहेका छन् र केही नेता तथा कार्यकर्ता परिचालन गरिरहेका छन् । यता लामिछानेलाई माइकल रामचन्द्र अर्याललगायत संस्थापन इतरका सबैले सहयाेग गरिरहेका छन् । केही समयदेखि सभापति पदका दाबेदारका रुपमा प्रस्तुत भैरहेका कार्यवाहक सभापति बिष्णु प्रसाद लामिछाने र नेता प्रभात कुमार दाहाल दुबैजनाले लामालाई समर्थन गर्दै पक्षमा माहाेल बनाउन लागिसकेका छन् ।
यस पटककाे निर्वाचनमा काँग्रेसका युवा नेताहरु राजु नेपाल, चुडाप्रसाद उप्रेती, इश्वर पण्डीत, सुनिल अधिकारीदेखि काँग्रेसकाे इतिहास बाेकेका ७९ वर्षका चन्द्रबहादुर न्याैपानेसमेत मैदानमा उत्रिएका छन् ।
निर्विराेध निर्वाचित
मकववानपुर गढि गाउँपालिकाबाट महिला निर्विरेाेध निर्वाचित भएकि छिन् । त्यस्तै इन्द्रसराेवर गाउँपालिकाबाट महिला र खुल्ला सदस्यतर्फ निर्विराेध निर्वाचित भएका छन् । दलित तर्फ पनि एकजना निर्विराेध भएका छन् ।
निर्वाचित ४८ सदस्यीय कमिटिकाे स्वरुप
पदाधिकारी ७ जना र (काेषाध्यक्ष १ जना मनाेनित भै एक सदस्य घट्ने ) = कुल ८ जना
८ गाउँपालिकाबाट १ जना खुल्ला १ महिला = कुल १६ जना
हेटाैँडा उपमहानगरबाट ३ महिला २ खुल्ला = कुल ५ जना
थाहा नगरपालिकाबाट १ महिला २ खुल्ला = कुल ३ जना
दलित १ खुल्ला = कुल १ जना
खस आर्य २ महिला २ खुल्ला = कुल ४ जना
आदिवासी जनजाति महिला ५ खुल्ला ६ = कुल ११ जना
मधेसी/थारु/ मुस्लिम/अल्पसंख्यक तथा अपांगता/सिमान्तकृत १ = कुल १ जना
कहाँ कहाँ कति कति उम्मेदवार
पदाधिकारी अन्तर्गत सभापति ३, उपसभापति ७, सचिव ६ र सह-सचिवमा ७ जनाकाे उम्मेदवारी परेकाे छ ।
हेटाौँडा उपमहानगरपालिका महिला ५ जना खुल्लामा १२ जना
थाहानगर खुल्ला ५, महिला २
खस आर्य महिला ५
खस आर्य खुल्ला ७
आदिवासी जनजाति महिला ९ र खुल्ला १२ जना
दलित १
मधेसी/थारु/ मुस्लिम/अल्पसंख्यक तथा अपांगता/सिमान्तकृत ४ जना
कुल ८५ जनाकाे उम्मेदवारी रहेकाे अधिकारीले जानकारी दिए ।