८ पार्टीद्वारा आज नेपाल बन्दको घोषणा
काठमाडौ । एमसीसीको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आज फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बसेको ती दलहरुको वैठकले सो निर्णय गरेको हो । उनिहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा नरहेको भन्दै विभिन्न विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।
यसैबीच,सरकारले संसदबाट एमसीसी सम्झौता पारित गर्न प्रतिनिधि सभाको दोस्रो बैठक सुरु गरेको छ । एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा संसद्मा प्रस्तुत भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणा प्रस्तुत गरेका हुन् । बैठकले एमसीसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ।
बैठकले एमसीसीमाथिको व्याख्यात्मक घोषणा स्वीकृत गरेको छ।
आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पोरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । केहिबेर अघिबाट सुरु भएको दोस्रो बैठकले एमसीसीलाई संसदबाट अनुमोदन गर्दैछ ।