प्रतिनिधिसभाबाट अनुमोदन भयो एमसीसी सम्झौता
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। नेपाल सरकार र एमसीसी सम्झौता आइतबार अनुमोदन भएको छ। संविधानको धारा २७९ र प्रतिनिधि सभाको नियम २० बमोजिम पारित भएको छ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।