मकवानपुर काँग्रेस सभापतिमा लामिछानेकाे उम्मेदवारी घाेषणा

निरन्तर न्यूज
१४ फाल्गुन २०७८, शनिबार १०:२१

हेटौंडा । नेपाली काग्रेश मकवानपुरको सभापतिमा उमेदवारी घोषणा गरेका जयराम लामिछानेले आफ्नो प्यानलनै घोषणा गरेर आज सार्वजनिक गरेका छन् । उता सभापतिका अर्का उमेदवार आनन्द पराजुलीले सभापति र केही पदाधिकारीहरुको नाम मात्र घोषणा गर्दा यता लामिछानेले भने सबै पदाधिकारीहरु र सदस्यहरु समेतको प्यानट घोषणा गरेका हुन् । आज साझ पत्रककार सम्मेलन गर्दै उहाँले प्यानल घोषणा गरेर आफ्ना प्रतिनिधिहरुसंग मत समेत मागेका हुन् ।

लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई–दुईजना हुने व्यवस्था रहेको छ । लामिछाने समुहले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकीलगायत उम्मेदवार बनाउने तय गरेको छ ।

आफ्नो पुस्तौ देखिनै मकवानपुर बस्दै आएको र काग्रेशले दिएका विभीन्न जिमेवारीमा रहेर काम गरेको र आफुले अब जिल्ला सभापति चलाउन सक्षम भएकाले उमेदवारी दिन लागेको बताए ।

प्यानल घोषणा गर्दै लामिछानेले विधि र विधानमा चल्नु पर्ने मान्यता राख्दछु भन्दै विजयी भएमा विजयी नहुने साथीहरूलाई सङ्गै लाने यदि पराजित भएको खण्डमा विजयी साथीहरू सङ्ग मिलेर पार्टीको काम कारवाहि गरिने प्रतिवद्दता व्यक्त गरेका थिए ।

स्थानीय तहका सबै वडाहरुमा जिताउने क्षमता रहेकाले आफ्नो उम्मेदवारी रहेको र मकवानपुर काङ्ग्रेसले अब जयराम लामिछानेको नेतृत्व आवश्यक रहेकाले मकवानपुर बासिले मेरो नेतृत्व खोजिरहेको बताए । गुटको राजनीति अन्त्य गर्नुछ र विचारको राजनीति आवश्यक रहेको उनी बताउँछन् । सबै उम्मेदवार आदरणिय व्यक्तित्व रहेकाले आफु सबै सङ्ग मिलेर काम गर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*