संसदबाट एमसीसी अनुमोदन गर्ने टुंगो कार्यव्यवस्था समितिबाट : कांग्रेस प्रवक्ता

निरन्तर न्यूज
१३ फाल्गुन २०७८, शुक्रबार १२:०५

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताएका छन् ।

एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले अब पारित गर्ने/ नगर्ने निर्णय कांग्रेसलाई जुन दलले साथ दिन्छ त्यही दलसँग मिलेर हुने उनले बताएका छन्। एमसीसी अनुमोदनका लागि संसदमा कांग्रेसलाई जुन दलले साथ दिन्छ, उहीसँग हाम्रो सहकार्य हुन्छ,’ डा.महतले भने ।

सत्ता साझेदार दलहरूले साथ नदिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर एमसीसी पास गर्ने प्रयास गरेको छ । यसैको प्रयासस्वरूप हिजोदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ।

एमसीसी संसदमा कसरी अघि बढाउने भन्नेबारे आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर निर्णय हुने नेता महतले जानकारी दिए ।

एमसीसी ध्वनि मत र मत विभाजनमध्ये कसरी अगाडि बढाउने भन्नेमा विवाद हुँदा हिजोको प्रतिनिधिसभा बैठक आजका लागि सारिएको छ । कांग्रेस ध्वनि मतको आधारमा एमसीसीलाई सदनमा अघि बढाउन चाहन्छ भने माओवादी केन्द्रले मत विभाजन गर्नुपर्ने अडान राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*