आनन्दरामद्वारा १४ बुँदे प्रतिबद्धता सार्वजनिक

निरन्तर न्यूज
१२ फाल्गुन २०७८, बिहीबार २१:५३

हेटौंडा। नेपाली काँग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले १४ बँुदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
अन्य जिल्लामा फागुन १५ बाट मिति सारेर २० पु¥याएपनि मकवानपुरमा १५ गतेनै अधिवेशन हुने निश्चित भएपछि चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत दिन अपिल गर्दै प्रतिबद्धता सार्वजनिक गरेका हुन् । पराजुलीले बिहीबार एकताबद्ध सुदृढ र सबल पार्टी निर्माण, समावेशी स्वरुप र समावेशी प्रतिनिधित्वमूलक पार्टी निर्माण, तीनै तहको सरकार निर्माण, निर्वाचनमा निरन्तर क्रियाशील, योग्य र लोकप्रिय उम्मेदवारी, युवामैत्री काँंग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता सार्वजनिक गरेको बताए ।
पराजुलीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा अग्रजहरुको पहिचानसहित उच्च सम्मान, भातृ तथा शुभेच्छुक संस्थाको योगदान अभिलेख, हाम्रो पहिचान राजनीतिसँग स्वरोजगार अभियान, काँग्रेसलाई मकवानपुरमा पहिलो पार्टी बनाउने अभियान, सक्रिय कार्यकर्ताको उल्लेखनीय बृद्धि, कार्यकर्ताको मनोबल उच्च राख्न कार्यकर्ता प्रशिक्षक कार्यक्रम गर्ने उल्लेख छ ।
पराज्ुलीले आफु सभापति हँुदा आर्थिक समृद्धिको लागि सुदृढ सुशासन, एकता समन्वय र सहकार्यका लागि लचकता सहितको अभियान र संगठन सुदृढिकरणका लागि विकास अभियान संचालन गरिने दाबी गरे । पराजुलीले हेटौंडा–२ काँग्रेस चोकमा सचिवालय संचालन गरेर प्रचारप्रसारलाई तीब्रता दिइरहेका छन् । जिल्लाको कुनाकन्दरासम्म पुगेर कार्यकर्तामाझ लोकप्रिय देखिएका उनले आफु सभापतिमा निर्वाचित भएपछि जिल्लामा गुटरहित पार्टी बनाएर सबैलाई एकबद्ध बनाउन जोड दिनेसमेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*