प्रधानमन्त्री भेट्न डाक्टर भट्टराई पुगे बालुवाटार

निरन्तर न्यूज
१२ फाल्गुन २०७८, बिहीबार १९:३३

काठमाडौ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौताको विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै प्रधानमन्त्री भेट्न डा भट्टराई बालुवाटार पुगेका हुन् । भट्टराईकै पार्टीमा पनि एमसीसीको विषयलाई लिएर एक मत भने छैन । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ । एमसीसीमा मत नहाल्ने हो भने सरकारमा सहभागी गठबन्धनका सहयात्रीले सरकार छाड्नुपर्ने धारणा भट्टराईले राख्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*