एमसीसीको पक्षमा उभिएपछि मन्त्री झाँक्रीको राजीनामा माग

निरन्तर न्यूज
१२ फाल्गुन २०७८, बिहीबार १७:३८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेकाा छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् ।

काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाहीसहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*