भक्तपुरको खेल मैदानबाट नेपालको राष्ट्रिय झण्डा चोरी

निरन्तर न्यूज
१० फाल्गुन २०७८, मंगलवार १३:४४

भक्तपुर भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झण्डा चोरी भएका छन् ।

सोमबार साँंझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झण्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिपे्ररित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झण्डा राखेका थिए । अहिले मञ्चमा दुईवटा झण्डा मात्रै बाँंकी छन् ।
मैदानको चारैतिरको बारमा डोरीले बाँंधेर राखेका १८ वटा झण्डा चोरी भएका हुन् । झण्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ ।

आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिपे्ररित गर्न राखिएका नेपालको राष्ट्रिय झण्डा चोरी हुनु दुःखद् भएको बताए । झण्डा चोरमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा ६ फागुनदेखि भक्तपुर कप फुटबल प्रतियोगिता भइराखेको छ । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँंदै छन् । प्रतियोगिताको फाइनल १४ फागुनमा हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*