सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद कार्यसुचीमा : सभामुख सापकोटा

निरन्तर न्यूज
८ फाल्गुन २०७८, आईतवार १९:२२

काठमाडौ । सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसुचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि सभामुख अग्नि सापकोटाले नेपाली समाज धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताएका छन् ।

सांसदहरु देव गुरुङ, भीम रावल र दुर्गा पौडेलले एमसीसी टेवल गर्न लागेकोमा आपत्ति जनाउदै जवाफ मागेपछि सभामुख सापकोटाले धु्रवीकरण रोक्न एमसीसी कार्यसूचीमा राखिएको बताएका हुन् ।

‘दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ’, सभामुख सापकोटाले भने, ‘सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिल गर्दछु ।

साथै कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु ।’

सभामुख अग्निप्रसाद सापकोटाले लामो समयदेखि जारी रहेको संसद्को अवरोध खुलाउन प्रतिपक्ष नेकपा एमालेलाई आग्रह गरेका छन्।

‘कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु’ सापकोटाले भने, ‘विगत लामो समयदेखि जारी अवरोधका कारण संसद् सुचारु हुन सकिरहेको छैन। यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरुमा प्रभाव परिरहेको छ। राष्ट्रिय महत्त्वका विषयवस्तुहरुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकूलता सिर्जना गरेको व्यहोरा हामीलाई अवगत नै छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*