राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै : पूर्वराजा शाह

निरन्तर न्यूज
६ फाल्गुन २०७८, शुक्रबार २०:४५

काठमाडौ । देशको वर्तमान अवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले असन्तुष्टि जनाएका छन्। राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने पूर्वराजा शाहले टिप्पणी गरे।

शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले हालको लोकतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूको भूमिकाप्रति असन्तुष्टि जनाउदै यस्तो बताएका हुन् ।

‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सूप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ’, शाहले भनेका छन् ।

त्यस्तै उनले प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतामा संकट आएको दावी गर्दै नेतृत्व र प्रणालीमाथि नै प्रश्न उठाएका छन् । शाहले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि राजा सधै रहँदै आएको र रहिरहने बताएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*