एमसीसीबारे निर्णय हुने भनिएको गठबन्धनको बैठक शुरु
काठमाडौ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने अनुमान गरिएको छ ।
एमसीसी र गठबन्धनको भविष्यका विषयमा आजको बैठकलाई निर्णायक मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन फुट्ने आङ्कलन गरिएको छ । यस अघि माओवादी अध्यक्ष प्रचण्डले अहिलेको बैठकले गठबन्धन बारे निर्क्यौल गर्ने बताएका थिए ।
प्रमुख सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संसदमा टेबल गर्ने विषयको विपक्षीमा उभिएको अवस्था छ । एमसीसी अगाडि बढ्छ वा गठबन्धन फुट्छ भन्ने निर्धारण आजको बैठकले तय गर्ने बुझिएको छ । बैठक चलिरहेको छ ।