ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

निरन्तर न्यूज
५ फाल्गुन २०७८, बिहीबार १६:२७

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। तत्कालीन प्रधानमन्त्री ओलीसहित उनको सरकारमा रहेका मन्त्रीहरू ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध आयोगमा उजुरी परेको हो।

नेकपा (एकीकृत समाजवादी)का विद्यार्थीहरूले आज टंगालस्थित आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन्। झापाको गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*