सत्ता गठबन्धनमा रहने वा नरहने आज ५ बजे निर्क्यौल हुने

निरन्तर न्यूज
५ फाल्गुन २०७८, बिहीबार १६:२०

काठमाडौं । सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषय आज बेलुकी ५ बजे बस्ने बैठकले निर्धारण गर्ने नेताहरूले बताएका छन् ।

गठबन्धनआवद्ध दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् ।

नेपालसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निर्णय हुने बताएका छन् । ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने ।

आफूहरू गठबन्धन जोगाउने पक्षमा रहेकाे र सोहीअनुसार बैठकमा प्रस्तुत हुने प्रचण्डले बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*