कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

निरन्तर न्यूज
५ फाल्गुन २०७८, बिहीबार १६:१८

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा बिहीबार बसेको बैठकले १६ जिल्लाको अधिवेशन फागुन १६ गतेलाई सारेको हो ।

यसअघि कांग्रेसले फागुन १३ गते अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । पहिलोपटक माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै पुस २७ गतेलाई तय भएको अधिवेशन कांग्रेसले माघ १५ मा गर्ने गरी सारेको थियो ।

पुन: कोरोना संक्रमितको बढेपिछ कांग्रेसले माघ १५ मा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै दोस्रो पटक अधिवेशन सरेको हो । त्यसपछि फागुन १३ गतेका अधिवेशनको गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले बिहीबार पुन:अधिवेशनको समय सारेको छ ।

कांग्रेसको मधेस प्रदेशका सबै (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा), सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*