नयाँ शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट

निरन्तर न्यूज
४ फाल्गुन २०७८, बुधबार १८:०६

सरकारले आगामी नयाँ शैक्षिक सत्रको पठन–पाठन जेठ १ गतेबाट गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले चैत मसान्तसम्म विद्यार्थीहरूको पठन-पाठनलाई निरन्तरता दिने र वैशाखमा परीक्षा तथा भर्ना गरी जेठ १ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

बुधबार शर्माले भने,‘वैशाखमा स्थानीय तहको चुनाव भएका कारण उक्त समयमा विद्यार्थीहरूको पठन–पाठन प्रभावित हुने भएकाले यस्तो निर्णय गरेका हौँ ।’

एसईईलगायत विद्यालय तहका सबै परीक्षा वैशाखमा मात्र गर्न पाइने निर्णय भएकाे उनले जानकारी दिए ।

कोरोना महामारीका कारण अघिल्लो शैक्षिक सत्र प्रभावित बनेपछि सरकारले चालु शैक्षिक सत्र गत साउन १ गतेबाट सञ्चालन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*