एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने : कानूनमन्त्री बडु

निरन्तर न्यूज
४ फाल्गुन २०७८, बुधबार १४:३४

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने  बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताएका हुन् ।

‘छलफलका निमित्त दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गतेमा पेश गर्ने तयारी छ’ उनले भने ।

आजसम्म नजुटेको सहमति अब दुई दिनमा जुट्छ भन्ने के ग्यारेन्टी छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री बडुले भने, ‘हुनसक्छ । कहिलेकाहीँ एकै रातमा सहमति हुन्छ ।’

उनले अघि भने, ‘६ गते टेबुल गर्ने सहमति बनउँदैछौं । त्यसका निमित्त आज र भोलिको दिनको प्रतीक्षा गरौं ।’

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच नै सहमति नजुटेपछि पेश नभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*