निर्वाचन केन्द्रित काँग्रेसको अभियान: ‘घरघर जाऔं कांग्रेसलाई जिताउँ’
काठमाडौ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई आफ्नो पक्षमा पार्न एक महिने प्रचार अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बसेको कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔं कांग्रेसलाई जिताउँ’ भन्ने मुल नारासहित आगामी फागुन २० गतेबाट चैत २० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
सरकारले स्थानीय निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरेको छ । बैठकले सरकारको उक्त निर्णयलाईको स्वागत गर्दै निर्वाचन लक्षित कार्यक्रम तय गरेको हो ।
आगामी निर्वाचनमा पार्टी सम्पूर्ण सक्रियाताका साथ तयारी गरेर जनता माझ जाने निर्णय बैठकले गरेको महतले जाकारी दिए ।