कांग्रेसको म्याद सकिएका भ्रातृ संस्था भंग
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्थाको वर्तमान कमिटी भंग भएको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको हो ।
काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।
भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ ।