एमसिसि पारित गर्नुपर्ने कांग्रेस सम्पादन समितिको निर्णय

निरन्तर न्यूज
३ फाल्गुन २०७८, मंगलवार १७:४६

काठमाडौं । नेपाली कांग्रेको केन्द्रीय कार्यसम्पादनको समतिले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई पारित गर्नुपर्ने निर्णय गरेको छ ।

पार्टीका कार्यालय सानेपामा मंगलबार बसेको बैठकले एमसीसीलाई समर्थन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

सबै दलका नेताहरु एमसीसीको विषयमा जानकार रहेको उल्लेख गर्दै उनले सरकारमा रहँदा एउटा कुरा गर्ने र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने दोहोरो चरित्र देखाउँदा विदेशी मुलुकहरुसँगको सम्बन्धमा दरार आउने उनले बताउ ।

कांग्रेसले प्रतिपक्षमा हुँदा पनि र अहिले सरकारमा हुँदा पनि एमसीसीको समर्थनमा रहेको उनले स्पष्ट पारे । ‘कांग्रेस आफ्नो निर्णयमा अडिग रहेको छ,’ उनले भने ।

एमसीसी एउटा उदार किसिमको सहयोग भएकाले यसलाई स्विकार गर्नुपर्ने र यो देशको हितमा रहेको उनले दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*