विवाद समाधान भएपछि एमाले मकवानपुर जिल्ला सदस्यहरुको सपथ
हेटौंडा । नेकपा एमाले मकवानपुर पार्टी भित्रको आन्तरिक विवाद चुलिएर केन्द्रसम्म पुगेपछि सदस्यहरुको रोकिएको सपथ कार्यक्रम बिवाद समाधान भएसँगै सप्पन्न भएको छ । एमालेको गत पुस २३–२४ गते हेटौंडामा भएको ११ औं जिल्ला अधिवेशनबाट चुनिएकाहरुको बिषयमा विवाद भएपछि पद तथा गोपनियताको सपथ ग्रहण रोकिएको थियो । पार्टीले कोभिड–१९ संक्रमणको कारण रोकिएको बताएपनि अध्यक्षको विषयमा हालका अध्यक्ष एकालाल श्रेष्ठ र अध्यक्षका उम्मेदवार बद्री लम्सालको टिमवीच विवाद छरपस्ट भएपछि सपथ ग्रहण प्रभावित बन्दै आइरहेको थियो । योसँगै एमालेको सपथ ग्रहण दुईचरणमा पूरा भएको हो । एमाले मकवानपुरको जिल्ला कमिटीमा निर्विरोध निर्वाचित भएका सदस्यहरुले आज पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।
एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले निर्बिरोध निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप–सचिव दुइ जना सहित १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको थियो ।
सपथग्रहण लगतै एमाले मकवानपुर कमिटीको बैठकले जिल्ला कमिटीका सदस्यहरु मनोनित गर्ने निर्णय गरेको छ । मनोनित गरिएकाहरुलाई बागमती प्रदेश कमिटी र केन्द्रीय कमिटीमा सिफारिस गरिने र त्यहाँबाट स्वीकृती भएर आएपछी सपथग्रहण गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बैठकले एमाले मकवानपुरले आफ्ना पाटीका गतिबिधिहरुलाई जिल्लाका दश वटै स्थानीय तह, प्रत्यक वडासंगै टोलटोलमा पु¥याउने निर्णय भएको उहाँले बताउनुभयो ।
सपथग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एव्म मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, भारती पाठक, एमाले पूर्व केन्द्रीय सदस्य एव्म पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश कमिटीका सदस्यहरु अनन्त पौडेल, बलराम बल, रामचन्द्र राई, रघुनाथ खुलाल, एकराज उप्रेती, अणराज जर्गामगर, कमल विष्ठ, पद्मा पौडेल, भगवती पुडासैनी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।